सामाजिक फीड-
जनकपुरधाम, असोज २१ गते ।
शुक्रबार र शनिबार को भारी वर्षापछि आएको बाढी र पहिरोका कारण ज्यान गुमाएका व्यक्तिका परिवारलाई सरकारले प्रति परिवार दुई लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ। साथै, घरवारविहीन भएका परिवारलाई अस्थायी आवास निर्माण गर्न ५० हजार रुपैयाँ सहयोग प्रदान गरिनेछ।
प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको राष्ट्रिय विपद् व्यवस्थापन परिषद्को मंगलबारको बैठकले अस्थायी आवास निर्माणका लागि पहिलो चरणमा २५ हजार रुपैयाँ र संरचना निर्माणपछि थप २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो।
राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टका अनुसार, सरकारले स्थायी आवास निर्माणका लागि पनि आर्थिक सहायता उपलब्ध गराउनेछ। निर्णयअनुसार, हिमाली क्षेत्रमा पाँच लाख, पहाडी क्षेत्रमा चार लाख, र तराई क्षेत्रमा तीन लाख रुपैयाँ उपलब्ध गराइनेछ।
बैठकले सडक तथा अन्य अत्यावश्यक सेवा सञ्चालनमा ल्याउन संघ, प्रदेश र स्थानीय तीनवटै तहका सरकारबीच समन्वय गरी काम अघि बढाउने निर्णय पनि गरेको छ।
फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।