Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, असोज २१ गते 

सुनको मूल्यमा आज पुनः तीव्र वृद्धि हुँदै नयाँ कीर्तिमान कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य तोलामा २ लाख ३५ हजार ४ सय रुपैयाँ पुगेको छ।

हिजोको तुलनामा सुनको मूल्य २ हजार ३ सय रुपैयाँले वृद्धि भएको हो। हिजो यो दर २ लाख ३३ हजार १ सय रुपैयाँ थियो।

चाँदीको मूल्य भने स्थिर छ। महासङ्घका अनुसार आज पनि चाँदीको भाउ हिजोकै दरमा, अर्थात् तोलाको २ हजार ९ सय ६० रुपैयाँ मा कारोबार भइरहेको छ।

सुनको मूल्य लगातार उकालो लागिरहँदा उपभोक्ता र व्यवसायी दुवै प्रभावित भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *