Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, असोज २०  गते 

दशैंपछि नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ। दशैंका कारण केही दिन मूल्य स्थिर रहेपनि, चाडपर्वपछिको समायोजनले मूल्य एकैपटक बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

असोज १२ गते प्रतितोला २ लाख २३ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार ९ हजार ९ सय रुपैयाँले बढेर २ लाख ३३ हजार १ सय रुपैयाँ पुगेको छ। आइतबारको तुलनामा मात्र पनि २ हजार ५ सय रुपैयाँले सुन महँगिएको हो। यो मूल्य अहिलेसम्मकै उच्च हो।

चाँदीको मूल्य पनि वृद्धि भएको छ। असोज १२ गते प्रतितोला २ हजार ८१० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ९६० रुपैयाँमा पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा ३० रुपैयाँले बढी हो। दशैंपछिको समायोजनअनुसार चाँदी प्रतितोला १५० रुपैयाँले बढेको देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *