सामाजिक फीड-
जनकपुरधाम, असोज २० गते ।
लगातारको वर्षा रोकिएसँगै सप्तकोशी नदीमा पानीको बहाव क्रमशः घट्दै गएको छ। सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाका अनुसार आज बिहान ६ बजे कोशी ब्यारेजमा गरिएको मापनअनुसार नदीमा ४ लाख ३५ हजार ३०५ क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेको छ।
गएराति भने सोही स्थानमा ५ लाख ३३ हजार ५४० क्युसेक प्रतिसेकेण्ड पानी बगेको थियो। वर्षा कम भएपछि नदीको बहाव घट्ने क्रम जारी रहेको उनले बताए।
थापाका अनुसार हाल कोशी ब्यारेजका सबै ५६ ढोका खुला छन्। आइतबार बिहान नदीमा पानीको बहाव उच्च भएपछि खतराको संकेतस्वरूप रातो बत्ती बालिनुका साथै रातो झण्डा फहराइएको थियो।
फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।