सामाजिक फीड-
जनकपुरधाम, असोज १२ गते ।
सेयर बजार अब एक साता नखुल्ने भएको छ । दसैँ बिदाका कारण बजार शनिबारसम्म बन्द हुने भएको हो । दसैँ सकिएपछि आगामी आइतबारदेखि मात्रै बजार खुला हुनेछ ।
दसैँअघिको अन्तिम कारोबार हुँदा आज बजार ११५१ अंकले बढेको छ । दशैँ लागेसँगै लगानीकर्ताले आइतबार कारोबार धेरै गरेनन्।
यो दिन कारोबारमा आएका ३१४ वटा कम्पनीको सेयरमध्ये बढेको बजारमा १७० वटाको मूल्य बढेको छ भने ६९ वटाको मूल्य घटेको छ । १२ वटाको भने आज मूल्यमा कुनै उतारचढाव आएन।
आज बढ्नेमा भने ग्लोबल आइएमई समुन्नत योजना २ को सकारात्मक सर्किट लाग्दा भगवती हाइड्रोको ७।७८ प्रतिशत र युनियन हाइड्रो र नाडेप लघुवित्तको ५ प्रतिशतका दरले मूल्य बढ्न पुग्यो। यता घट्नेमा भने आज सिक्लेस हाइड्रो अगाडि छ।
यो कम्पनीको मूल्यमा १० प्रतिशत गिरावट हुँदा नकारात्मक सर्किट लागेको हो। यो बाहेक नबिल ब्यालेन्स फण्ड २ र कालिका पावर कम्पनीको ५ प्रतिशतले मूल्य घटेको हो।
दशैँ लागेसँगै कारोबार घटाएका लगानीकर्ताले यो दिन सबैभन्दा धेरै युनियन हाइड्रोपावरको कम्पनीको कारोबार धेरै गरेका छन्।
लगानीकर्ताले उक्त कम्पनीको कुल २४ करोडको कारोबार गर्दा नेपाल पुनर्बिमा कम्पनीको ११ करोडको कारोबार गरेका हुन्।
फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।