Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, असोज १२ गते ।

राष्ट्रिय मानव अधिकार आयोगले दसैँ, तिहार र छठजस्ता चाडपर्वका सार्वजनिक बिदामा पनि आफ्ना कार्यालयहरू खुला राख्ने भएको छ।

आयोगका प्रवक्ता डा। टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा बिदाका दिनहरूमा पनि कार्यालय सञ्चालन गरिने जानकारी दिइएको छ।

विज्ञप्तिमा उल्लेख भएअनुसार, सार्वजनिक बिदाका दिन आयोगका कार्यालयहरू बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालनमा रहनेछन्। यस अवधिमा उजुरी दर्ता तथा आकस्मिक घटनाहरूको अनुगमनसमेत गरिनेछ।

हरिहरभवन, ललितपुरस्थित केन्द्रीय कार्यालयसहित सबै प्रदेश र शाखा कार्यालयहरू पनि सोही अनुसार खुला रहने व्यवस्था गरिएको आयोगले जनाएको छ।

मानव अधिकार उल्लङ्घनका कुनै पनि घटना भएमा नजिकको कार्यालयमा तुरुन्त जानकारी गराउन आयोगले आम नागरिकलाई आग्रह गरेको छ।

चाडपर्वको समयमा सार्वजनिक आवतजावतमा असहजता, अपराधका घटना, महँगी तथा कालोबजारीजस्ता समस्या बढ्न सक्ने भन्दै आयोगले शान्ति–सुरक्षा तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारलाई आवश्यक कदम चाल्न सुझाव दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *