Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, असोज  १२  गते ।

मधेसका मुख्यमन्त्री सतिश कुमार सिंहको फेसबुक पेज ह्याक भएको थियो । मुख्यमन्त्री सिंहको आधिकारिक फेसबुक पेज शनिबार साँझ ह्याक भएको उनको सचिवालयले जनाएको छ।
उनको सचिवालयका अनुसार पेज ह्याक भएको करिब साढे चार घण्टापछि आइटी विज्ञहरूको सहयोगमा पेजलाई पुनः नियन्त्रणमा ल्याइएको हो।
CM satish singh नामक मुख्यमन्त्री सिंहको आधिकारिक पेजलाई ह्याक गरिएको पुष्टि गर्दै सचिवालयले रिकभर भएपछि उक्त पेजमै एक स्टाटस लेख्दै सूचना जारी गरेको हो ।
“माननीय मुख्यमन्त्री सिंहज्यूको सचिवालयमार्फत सञ्चालित ऋः क्बतष्कज क्ष्लनज आधिकारिक फेसबुक पेज हिजो साँझ ह्याकरहरूले ह्याक गरेकोमा सचिवालयका साथीहरू र आइटी विज्ञहरूको अथक प्रयासमा साढे चार घण्टापछि सफलतापूर्वक रिकभर गरिएको छ”, सूचनामा भनिएको छ ।

मुख्यमन्त्री सिहको सचिवालयले ह्याकिङको उद्देश्य मुख्यमन्त्रीलाई कमजोर पार्ने प्रयास रहेको टिप्पणी गर्दै भनेको छ, “यसले हाम्रो हौसला घटाएको छैन, बरु अझ सशक्त भएर अघि बढ्ने प्रेरणा मिलेको छ।”
जनमत पार्टीबाट मुख्यमन्त्री रहेका सिंह नेतृत्वको सरकारबाट जनमत पार्टी र नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा परेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *