Samajik Feed – News Portal from Nepal

समाजिक फीड

जनकपुरधाम, असोज ११ गते

नेपाल चिकित्सक संघ नगरायणी अंचल वीरगञ्ज शाखाले डा. संगीता कौशल मिश्रालाई यथाशिघ्र मन्त्री बनाएर न्याय दिन माग गरेको छ ।

समाजिक संजाल र अनलाइन मिडियामा नेपाल चिकित्सक संघका आजिवन सदस्य तथा वरिष्ठ प्रसूति रोग विशेषज्ञ समेत रहेकी डा. संगिता कौशल मिश्रामाथि आएका विभिन्न टिप्पणी तथा आरोपप्रति आफुहरुको गम्भीर ध्याकर्षण भएको बताउँदै संघले यस्तो टिप्पणी र निराधार आरोपको निन्दा समेत गरेको छ ।

अन्तरिम सरकारले डा.मिश्रालाई अन्यौलमा राख्ने वा बदनाम गर्ने गतिविधिलाई बेवास्ता गर्दैै योग्यताको आधारामा मन्त्री बन्ने अधिकार सुरक्षित गर्न ढिलाई नगरी यथाशिघ्र न्यया दिनुपर्ने शाखाका अध्यक्ष डा. मनोजकुमार गुप्ता र सचिव नौसाद हकको संयुक्त हस्ताक्षर रहेको विज्ञप्तिमा उल्लेख छ ।

‘संघ स्पष्ट पार्दछ कि कुनै पनि उजुरी समबन्धित निकायद्धारा गोप्य रुपमा छानविन हुने प्रचलन रहेकाले छानविनको निष्कर्ष आउनुअघि कसैलाई दोषी ठहर गर्नु वा चरित्रहत्या गर्नु न्यायोचित होइन । अख्तिायरले समेत केही भ्रामक समाचारहरु खण्डन गरिसकेको सन्दर्भमा मिडियामा भइरहेको एकतर्फी बदनाम गर्ने गतिविधि दुर्भाग्यपुर्ण छ,’ शुक्रवार संघले जारी गरेको प्रेश विज्ञप्तिमा भनिएको छ, ‘
नेपालको संविधान तथा प्रचलित नागरिकता कानूनअनुसार डा. संगिता कौशल मिश्रमाथि मन्त्री बन्न कुनै कानूनी वा संवैधानिक अवरोध नरहेको कुरा संघले स्पष्ट गर्न चाहन्छ । लामो समयदेखि राष्ट्रसेवामा योगदान दिएकी, विशिष्ट श्रेणीसम्मको जिम्मेवारी बहन गरिसकेकी व्यक्तित्वमाथि अनावयक भ्रम फैलाउनु निन्दनीय छ ।’

प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य क्षेत्रमा अनुभवी एवं भ्रष्टाचारमा शुन्य सहनशीलता अपनाउने स्वभाव सहितकी डा. मिश्रालाई मन्त्री बनाउने प्रस्ताव गरेपछि उनले अतिरिक्त सचिव पदबाट राजीनामा दिएकी थिइन्। सो राजीनामा मन्त्रिपरिषदले स्वीकृत गरी उनको नाम स्वास्थ्य तथा जनसंख्या मन्त्रीका लागि राष्ट्रपति कार्यालयमा पठाएको थियो।

तर नाम सिफारिस भएको जानकारी आउनासाथ अघिल्लो सरकारले बरियता मिच्दै गैरकानूनी प्रक्रियाबाट बढुवा गरिएका स्वस्थ्य मन्त्रालयका सचिव सचिव डा. विकास देवकोटा, स्वास्थ्य सामग्री आपूर्तिमा संलग्न व्यापारी, ठेकेदार र विचौलियाले विभिन्न लाञ्छना लगाउँदै उनको नियुक्ती रोक्न दबाब दिएका थिए ।

उनीहरुले डा. मिश्रामाथि अख्तियारमा भ्रष्टाचारको उजुरी परेको र अनुसन्धान अन्तिम चरणमा रहेकाले तुरन्तै दोषी ठहर भइ जेल जाने भनी काठमाडौंका सबैजसो मूलधारका मिडियालाई प्रभावमा पारि भ्रम छर्न लगाएका थिए ।

यहाँसम्म कि कान्तिपुर दैनिक, अन्नपुर्ण पोष्ट, नयाँ पत्रिका, अनलाइनखबर, रातोपाटी, सेतोपाटी, नेपालखबर, शिलापत्र, नेपालप्रेस लगायतका संचारमाध्यमले पत्रकारिताको आचारसंहिताको पालनै नगरि बिचौलियाहरुको प्रभावमा निरन्तर समाचार छापिरहे । ती मिडियाहरुले लगाएका आरोपबारे अख्तियारका प्रवक्तासँग आधिकारिक धारणा समेत नसोधी मनलाग्दी समाचार छापेका थिए । पछि ती मिडियाहरु नांगिएपछि अहिले डा. मिश्राविरुद्ध समाचार लेख्न छोडेका छन् ।

बिचौलियाहरुले चाहे अनुसारको भ्रम व्यापक फैलिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा डा. मिश्रा विरुद्ध आर्थिक अनियमितताको मुद्दा दर्ता हुने वा अनुसन्धान अन्तिम चरणमा पुगेको भन्ने समाचार निराधार भएको आयोगले स्पष्ट पारेको थियो ।
आयोगका केन्द्रीय प्रवक्ता राजेन्द्र कुमार पौडेलले उनी विरुद्ध विभिन्न संचारमाध्यममा फैलाइएका दाबीहरू तथ्यहीन एवं भ्रामक रहेको स्पष्टिकरण दिनुपरेको थियो ।

‘अख्तियारले आधिकारिक रुपमा कहीँ पनि यस्तो कुरा भनेको छैन। म आफैं प्रवक्ता हुँ, तर आधिकारिक रूपमा त्यस्तो जानकारी दिन कसैले निर्देशन दिएको छैन। कहाँबाट यस्तो हल्ला जन्मियो मलाई पनि थाहा छैन,’ पौडेलले संचारमाध्यमलाई भनेका थिए । उनका अनुसार डा. मिश्रसम्बन्धी मिडियामा आएका विषयहरू सत्य नभई अरु नै स्वार्थी समूहको चासोका कारण उछालिएको देखिन्छ।

स्रोतका अनुसार तत्कालीन स्वास्थ्य मन्त्री प्रदीप पौडेल र बहालबला सचिव देवकोटाले गरेका अनियमितता ढाकछोप गर्न कांग्रेसका महामन्त्री गगन थापासहितको दबाबमा पनि मिश्रलाई मन्त्री बन्न रोकिएको हो । नेपाली कांग्रेसको अगामी महाधिवेशनमा सभापति र सांसदको चुनाव लड्न करोडौं रकम जुटाउन दबाब रहेको भन्दै गगनले पछिल्लो समय आफ्ना निकस्थ नेता र कर्मचारीमार्फत कमिसन अशुली गरिरहेको उनकै नजिकका नेताहरुले बताउने गरेका छन ।

यता मधेशी महिला भएकै कारणले डा. मिश्रामाथि बारम्बार अन्याय भैरहेको भन्दै मधेशी समुदायका राजनीतिज्ञ, बुद्धिजिवी, युवा, विद्यार्थी, संचारकर्मी आक्रोशित छन । प्रधानमन्त्रीले उनलाई राजीनामा गर्न लगाइ मन्त्री नियुक्त नगरी उनीविरुद्ध षडयन्त्र गरेको भन्दै मधेशमा व्यापक असन्तुष्टि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *