Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-

जनकपुरधाम, असोज १० गते ।

नेपाल र वेस्ट इन्डिजबीचको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला भोलिदेखि संयुक्त अरब इमिरेट्स (यूएई) मा सुरु हुँदैछ। शृङ्खलाको पहिलो खेल भोलि राति ८ बजे शारजाह क्रिकेट स्टेडियममा हुनेछ।

यो शृङ्खला नेपालका लागि ऐतिहासिक छ, किनभने नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को पूर्ण सदस्य राष्ट्रसँग पहिलोपटक द्विपक्षीय टी–२० शृङ्खला खेल्न लागेको हो। वेस्ट इन्डिज भने दुई पटकको टी–२० विश्वकप विजेता रहिसकेको टोली हो।

हाल खराब लयमा रहेको वेस्ट इन्डिजविरुद्ध नेपालले जित निकाल्ने राम्रो अवसर पाएको छ। वेस्ट इन्डिजले पछिल्ला १० टी–२० खेलमध्ये केवल २ मा मात्र जित हासिल गरेको छ, भने नेपालले ५ खेल जित्दै मिश्रित प्रदर्शन देखाएको छ।

‘युनिटी कप’ नाम दिइएको यो टी–२० शृङ्खला नेपालका लागि आगामी आईसीसी टी–२० विश्वकप एशिया छनोटको तयारीका रूपमा पनि महत्वपूर्ण हुनेछ। शृङ्खलाको दोस्रो खेल सोमवार र अन्तिम तेस्रो खेल मङ्गलवार हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *