सामाजिक फीड-
जनकपुरधाम, असोज १० गते ।
गृह मन्त्रालयले जेनजी प्रदर्शनका क्रममा काठमाडौंलगायतका मुलुकका विभिन्न भागमा सुरक्षा निकायको साथबाट हराएका हतियार बुझाउन आग्रह गरेको छ ।
गृहले एक सूचना जारी गर्दै विभिन्न ठाउँमा रहेका सुरक्षा निकायबाट हराएको हातहतियार र खरखजाना कही कसैले फेला पारेको भए असोज महिना भित्र नजिकको सुरक्षा निकायमा फिर्ता गर्न आग्रह गरेको हो।
असोज महिना भित्र हातहतियार र खरखजान प्रहरीमा बुझाउन ल्याएमा वा त्यसको जानकारी दिएमा त्यस्ता व्यक्तिलाई उचित सम्मान गरिने मन्त्रालयले जनाएको छ।
असोज पश्चात कोहीकसैसँग ती हराएका हातहतियार र खरखजाना फेला परेमा कानुनबमोजिम कारबाही हुने पनि मन्त्रालयले जनाएको छ।
जेनजी आन्दोलनको क्रममा प्रहरीसँग भएको हातहतियार लुटिएको थियो भने विभिन्न कार्यालयहरुमा लुटपाट गरिएको थियो ।

फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।