Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-

जनकपुरधाम, असोज १० गते ।

धनुषामा भएको मोटरसाइकल दुर्घटनामा दुई युवाको ज्यान गएको छ ।

मृत्यु हुनेमा जनकनन्दिनी गाउँपालिका–५ बनरझुलाका १८ वर्षीय अमित यादव र १६ वर्षीय कुश मिश्र रहेको प्रहरीले जनाएको छ ।


प्रहरीका अनुसार कमला नगरपालिका–२ माची र लगमाबीचको खोक्साहा पुल नजिक मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो । सो दुर्घटनामा पछाडि सवार १७ वर्षीय राहुल महतो गम्भीर घाइते भएका छन् ।

उनको जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।


विहीबार राति साढे १० बजेतिर भारतीय नम्बर प्लेटको हिरो स्प्लेण्डर मोटरसाइकलमा लगमा बजारमा चलिरहेको झिझिया नाच हेर्न जाँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *