समाजिक फीड-
जनकपुरधाम, असोज ८ गते ।
हिन्दूहरुको महान चाड दसैँका लागि जनकपुरधाममा ठूलो परिमाणमा प्रहरी परिचालन गरिएको छ ।
दसैंको समयमा हुनसक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै जनकपुरधाममा सुरक्षा मजबुत बनाइएको हो ।
जनकपुरधाममा दसैंको अवसरमा श्रद्धालु भक्तजनहरूको घुइँचो लाग्ने भएकोले सुरक्षा चुनौती थपिएकाले सुरक्षा मजबुत बनाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले बताएको छ ।
दसैँलाई सुरक्षित बनाउनका लागि जिल्ला प्रहरी कार्यालय धनुषाले नगरको विभिन्न प्रवेशद्वारमा चेक प्वाइन्ट, गाउँ गाउँमा गस्ती टोलीका साथै सादा पोसाकमा समेत प्रहरी परिचालन गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक नरहरि रेग्मीले चाडबाडको समयमा सुरक्षाका लागि ८ सय ५ नेपाल प्रहरीका साथै ४ सय ५० सशस्त्र प्रहरी परिचालन गरिएको बताए ।
चाडबाडको समयमा अन्य समयको तुलनामा भिडभाड हुने भएकाले जिल्ला प्रहरीले नगरका साथै धनुषाका गाउँ गाउँमा सुरक्षा गस्ती बढाएको हो ।
प्रहरी उपरीक्षक रेग्मीले कुनै अवाञ्छित क्रियाकलाप देखिएमा प्रहरीलाई जानकारी दिन आग्रह गरे ।
प्रहरी उपरीक्षक रेग्मीले सहरी क्षेत्रमा ५ मिनेट भित्र पुग्ने तथा ग्रामीण क्षेत्रमा १० मिनेट भित्र पुग्ने गरी तयारी गरिएको बताए ।