समाजिक फीड
जनकपुरधाम, असोज ८ गते ।
जनकपुरमै पहिलो पटक जनकपुर कम्युनिटी कलेजले काठमाण्डौ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी स्नातक तहको समाजकार्य (बिएसडब्लु) कार्यक्रम सुरु गरेको छ।
यस कार्यक्रमले जनकपुरधाममा अध्ययनरत विद्यार्थी, स्थानीय समुदाय र सामाजिक क्षेत्रमा सक्रिय पेशेवरहरूका लागि नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।
बिएसडब्लु मार्फत विद्यार्थीहरूले समाजशास्त्र, मानव व्यवहार, सामुदायिक विकास, सामाजिक अनुसन्धान र नीतिगत अभ्यास जस्ता विषयमा शैक्षिक ज्ञानसँगै व्यावहारिक अनुभव समेत हासिल गर्न सक्ने कलेजले जनाएको छ ।
यो कार्यक्रमले मधेश प्रदेशमा शैक्षिक गुणस्तर र समाजसेवामा नयाँ उचाइ हाँसिल गर्ने कलेजका अध्यक्ष अमित ठाकुरले विश्वास व्यक्त गरे। हाम्रो उद्देश्य स्थानीय युवालाई अन्तर्राष्ट्रिय स्तरको गुणस्तरयुक्त शिक्षा उपलब्ध गराई समाजपरिवर्तनमा अग्रसर बनाउनु हो। हामिले ३0 वटा सिट पाएका छौं जसमध्ये १० वटामा छात्रवृत्ति दिनेछौं । महिलालाई विशेष प्राथमिकता राख्छौं,झ उनले भने ।
समुदायमै आधारित शैक्षिक र सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको जनकपुर कम्युनिटी कलेजले बिएसडब्लु कार्यक्रम थपेसँगै अब सामाजिक नेतृत्व, अनुसन्धान र नीति निर्माणमा सक्षम जनशक्ति उत्पादन गर्ने केन्द्रको रूपमा स्थापित हुने उनको अपेक्षा छ।
फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।