सामाजिक फीड-
जनकपुरधाम, असोज ७ गते ।
नेपाली बजारमा मंगलबार सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिनको तुलनामा सुनको मूल्य प्रतितोला ३,९०० रूपैयाँले बढेको हो।
संघका अनुसार सोमबार प्रतितोला २,१७,८०० रूपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार २,२१,७०० रूपैयाँमा पुगेको छ।
यस्तै, चाँदीको मूल्य पनि उकालो लागेको छ। सोमबार प्रतितोला २,६५० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार ३० रूपैयाँले बढेर २,६८० रूपैयाँमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारतर्फ हेर्दा, मंगलबार सुनको मूल्य प्रति औंस ३,७४९ अमेरिकी डलरमा कारोबार भइरहेको छ। (स्रोत: लक्ष्मी बैंक)
फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।