Samajik Feed – News Portal from Nepal

समाजिक फीड

जनकपुरधाम, असोज ५ गते ।

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोलानजिक खसेको पहिरो पूर्णरूपमा हटाइएको छ, जससँगै सडक पुनः सञ्चालनमा आएको छ।

गत शुक्रबार खसेको ठूलो पहिरोका कारण यो खण्डको सडक पूर्णरूपमा अवरुद्ध भएको थियो। आज बिहान ४ बजेदेखि नारायणगढ र मुग्लिन दुबैतर्फबाट डोजर तथा अन्य मेसिन प्रयोग गरी पहिरो पन्छाउने कार्य सुरु गरिएको थियो।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार, आइतबार दिउँसो ४स्१५ बजेदेखि सडक एकतर्फी रूपमा खुलाइएको छ। यद्यपि, भीरमाथिबाट अझै पनि साना ढुङ्गा र माटो खस्ने क्रम नरोकिएकाले जोखिम यथावत् रहेको उनले बताएका छन्।

‘सडक खुलेको भए पनि पूर्णरूपमा सुरक्षित भइसकेको छैन, हाललाई एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ,’ उनले भने, ‘सडक विभाग, ट्राफिक प्रहरी र नेपाल प्रहरी समन्वयमा २४ सै घण्टा खटिएका छन्।’

राजमार्ग बन्द हुँदा सयौं यात्रु शुक्रबार साँझदेखि बाटोमै रोकिएका थिए। काठमाडौं र पोखराबाट चितवनतर्फ जाने तथा चितवनबाट काठमाडौं–पोखरा फर्कंदै गरेका यात्रुहरू बीचैमा अलपत्र परेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *