Samajik Feed – News Portal from Nepal


समाजिक फीड-

जनकपुरधाम, असोज १ गते ।

सप्तकोशी नदीमा जलसतह बढ्दै गएकाले कोशी ब्यारेजका २७ वटा ढोका खोलिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाका अनुसार, आज बिहान ११ बजे गरिएको जल सतह मापनमा नदीमा पानीको प्रवाह प्रतिसेकेण्ड २,०७,०३० क्युसेक पुगेपछि उक्त ढोका खोल्नुपरेको हो।

यसअघि मंगलबार राति १० बजे पानीको प्रवाह १,८२,२८७ क्युसेक मापन गरिएको थियो, जसअनुसार २४ वटा ढोका खोलिएका थिए। भदौ १७ गते पानीको बहाव उच्च हुँदा कोशी ब्यारेजका ५६ मध्ये ३८ वटा ढोका खोलिएको थियो। त्यसयता बहाव केही घटेको भए पनि आज बिहानदेखि पुनः पानीको सतह बढ्दै गएको प्रवक्ता खतिवडाले जानकारी दिए।

कोशी ब्यारेजमा पानीको प्रवाह १,५०,००० क्युसेक नाघेपछि खतराको संकेतस्वरूप रातो बत्ती बालिन्छ। अहिले ब्यारेजमा रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ। पानीको सतह बढ्नुको मुख्य कारण पहाडी भेगमा लगातार भइरहेको वर्षा हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *