Samajik Feed – News Portal from Nepal


समाजिक फीड-

जनकपुरधाम, असोज १ गते ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा आगामी असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ ।

यसअघि भदौ २८ र २९ गते परीक्षा लिने गरी तालिका सार्वजनिक गरे पनि देशको वर्तमान परिस्थितिका कारण परीक्षा तालिका परिमार्जन गरी नयाँ मिति तोकिएको हो ।

नयाँ तालिका अनुसार असोज ७ गते अनिवार्य अङ्ग्रेजी (००४१) को परीक्षा हुनेछ ।

एक मात्र विषयको परीक्षा दिने विद्यार्थीका लागि सोही दिन परीक्षा हुनेछ भने दुई विषयमा परीक्षा दिने विद्यार्थीले पहिलो दिन अनिवार्य अङ्ग्रेजी र दोस्रो दिन असोज ८ गते अनिवार्य नेपालीको परीक्षा दिनुपर्नेछ ।

त्यस्तै, दुई विषयमा पूरक परीक्षा दिने विद्यार्थीका हकमा दोस्रो दिन आफूले परीक्षा दिने विषयमध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा सञ्चालन हुनेछ ।

तर अनिवार्य अङ्ग्रेजी विषय भने दोस्रो दिन सञ्चालन नहुने बोर्डले स्पष्ट पारेको छ । बोर्डले परीक्षा केन्द्रसमेत पहिले नै निर्धारण गरिसकेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *