Samajik Feed – News Portal from Nepal

समाजिक फीड-

जनकपुरधाम, भदौ ३० गते ।


जेन्जी आन्दोलनको क्रममा जनकपुरमा लुटपाट गरेको प्रहरीको हतियार सहित दुईजना पक्राउ परेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका–९ स्थित मधेश प्रदेश लोकसेवा आयोगको कार्यालयमा भएको तोडफोड र आगजनीपछि लुटिएको हतियार सहित दुईजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गत भदौ २४ गते बेलुका करिब ७ बजे करिब ५०–६० जनाको समूहले आयोगको कार्यालयमा प्रवेश गरी चारपाङ्ग्रे गाडी, मोटरसाइकल, CCTV क्यामरा तथा कार्यालयका विभिन्न सामग्री तोडफोड गर्दै आगजनी गरेका थिए। घटनाक्रममा सुरक्षामा खटिएका प्रहरीको SLR राइफल (१ थान) र ५० राउन्ड गोली समेत लुटिएको थियो।


प्रहरीका अनुसार अनुसन्धानका क्रममा विभिन्न स्थानका CCTV फुटेज विश्लेषण गरेर खोजतलास गर्दा सोमबार जनकपुरधाम उपमहानगरपालिका–९ बस्ने ३७ वर्षीय मनिष कुमार अधिकारी र २१ वर्षीय सन्तोष कुमार यादवको साथबाट सो हतियार बरामद गरिएको हो।


बरामद गरिएको राइफल जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याइएको र यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *