समाजिक फीड-
जनकपुरधाम, भदौ ३० गते ।
वेष्ट इन्डिजसँग ३ अन्तरास्ट्रिय टी-२० खेलको सिरिज खेल्ने नेपाली टिमको घोषणा गरिएको छ।
सोमबार नेपाल क्रिकेट संघ (क्यान)ले वेष्ट इन्डिजसँग खेल्ने नेपाली टिमको नाम सार्वजनिक गरेको हो। नेपाल टिमको स्क्वाडमा निलम्बन फुकुवापछि मो. आदिल आलम फर्केका हुन् ।
नेपाल ए टिमबाट भारतको आसामसँगको सिरिजमा राम्रो प्रदर्शन गरेका आदिलले नेपालको सिनियर टिममा पुनरागमन गरेका छन्। २ वर्षभन्दा लामो समय क्रिकेटबाट निलम्बनमा रहेका आदिलले ए टिम हुँदै सिनियर टिममा परेका हुन्।
यस्तै, ए टिममा राम्रो खेलेका सन्दीप जोराले पनि सिनियर टिममा स्थान बनाएका छन्। नेपाली टिममा यसअघि रहेका भिम सार्की र रुपेश कुमार सिंह भने टिममा अटाएनन्।
नेपाली टोलीले सेप्टेम्बर २७, २९ र ३० मा यूएईको सारजाह क्रिकेट स्टेडियममा यो सिरिज खेल्नेछ ।
फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।