समाजिक फीड-
जनकपुरधाम, भदौ ३० गते ।
जेन–जी प्रदर्शनको क्रममा ज्यान गुमाएका ८ जनाको शव अत्यधिक जलिएकाले पहिचान गर्न नसकिने अवस्थामा पुगेका छन्। ती शवहरूको पहिचान डिएनए परीक्षणमार्फत गर्नुपर्ने शिक्षण अस्पताल, महाराजगञ्जले जनाएको छ।
अस्पतालका अनुसार, गोली लागेर मृत्यु भएका २६ जनाको शवको पोष्टमार्टम प्रक्रिया पूरा भइसकेको छ। तीमध्ये २३ जनाको शव परिवारले सोमबारसम्म बुझिसकेका छन्।
भदौ २३ र २४ गते प्रदर्शनको क्रममा मृत्यु भएका ४६ जनाको शव पोष्टमार्टमका लागि शिक्षण अस्पतालमा ल्याइएको थियो। प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार देशभर प्रदर्शनका क्रममा हालसम्म ७२ जनाको मृत्यु भएको छ।
अत्यधिक जलेका शव डिएनए परीक्षणमा
टिचिङ अस्पतालको फरेन्सिक मेडिसिन विभाग प्रमुख डा। गोपाल चौधरीका अनुसार बाँकी रहेका २० शवमध्ये ८ शव पूर्ण रूपमा जलेका छन्, जसका कारण सीधै पहिचान गर्न सकिने अवस्था छैन। उनले भने, ूपूर्ण रूपमा जलेका शव को–को हुन् भनेर चिन्नका लागि डिएनए परीक्षण आवश्यक भएको छ।ू
उनका अनुसार सामान्य अवस्थामा मृत्युको कारण पत्ता लगाउन पोष्टमार्टम गरिन्छ, तर यसपटक डिएनए परीक्षण शव पहिचानकै लागि अनिवार्य बनेको हो।
११ शवको सनाखत भए पनि परिवार सम्पर्कमा छैनन्
पोष्टमार्टम हुन बाँकी शवमध्ये ११ जनाको पहिचान भइसकेको भए पनि ती व्यक्तिका परिवारहरू अझै अस्पतालमा सम्पर्कमा आएका छैनन्। थप एक शवको पहिचान अझै हुन बाँकी रहेको अस्पतालले जनाएको छ।
उच्चस्तरीय छलफल र राहत घोषणा
सोमबार बिहान बालुवाटारमा नवनियुक्त गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्याल, ऊर्जा तथा जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ, गृहसचिव गोकर्णमणि दुवडी, र प्रधानमन्त्रीको टोलीमा रहेका डा। अभिषेक सिंहबीच मृतकका परिवार र जेन–जी पुस्ताका प्रतिनिधिहरूसँग छलफल भएको थियो।
पीडित परिवारले शव घरसम्म पुर्याइदिनु पर्ने र दाहसंस्कार खर्च सरकारले बेहोर्नुपर्ने माग गरेका छन्। उक्त मागहरू सम्बन्धी निर्णय अर्को मन्त्रिपरिषद् बैठकमा हुने बताइएको छ।
प्रधानमन्त्री सुशिला कार्कीले आइतबार मृतकहरूलाई सहिदु घोषणा गर्दै, परिवारलाई १० लाख रुपैयाँ राहत प्रदान गरिने घोषणा गरेकी थिइन्।
फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।