समाजिक फीड-
जनकपुरधाम, भदौ २९ गते ।
काठमाडौंको भाटभटेनीमा जलेको अवस्थामा ६ वटा मानव कंकाल फेला परेको छ ।
धरानको भाटभटेनीमा जलेको अवस्थामा ४ वटा शव भेटिएको घटनाको दुई दिन बित्न नपाउँदै काठमाडौंको भाटभटेनीमा शव फेला परेको हो ।
काठमाडौंको चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केटमा जलेको अवस्थामा ६ वटा मानव कंकाल फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले जानकारी दिए ।
उनका अनुसार भेटिएका शव पहिचान गर्न नसकिने अवस्थामा छन्। शवको पहिचान डीएनए परीक्षणपछि मात्र हुने प्रहरीले जनाएको छ।
जेन–जी आन्दोलनका क्रममा भएको आगजनीपछि भाटभटेनीमा यो घटना भएको हो।
आन्दोलनकारीले देशका विभिन्न ठाउँमा रहेका भाटभटेनीमा आगजनी तथा तोडफोड गरेको थियो ।