समाजिक फीड-
जनकपुरधाम, भदौ २६ गते ।
नख्खु कारागारबाट भागेका पुर्वराज्यमन्त्री सञ्जय साह (टक्ला) पक्राउ परेका छन्।
काभ्रेको भंगलटारबाट बिहीबार दिउँसो इलाका प्रहरी कार्यालय मंगलटारले उनलाई पक्राउ गरेको हो ।
काठमाडौं प्रहरीसँग समन्वयन गरेर उनलाई फेरि कारागार पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका इन्स्पेक्टर दिनेशबहादुर कुँवरले जानकारी दिए।
नख्खु जेलबाट भागेका १७ जना र सिन्धुलीबाट भागेका २ जनालाई पक्राउ गरेका छौं’,इन्स्पेक्टर कुँवरले भने।
पूर्वराज्यमन्त्री टकला १८ वैशाख २०६९ मा जनकपुरको रामानन्द चोकमा ५ जनाको ज्यान जाने गरी भएको वम विष्फोट घटनाको मुख्य नाइकेको अभियोगमा सजाय काटिरहेका थिए ।
तत्कालीन अवस्थामा मधेसी जनअधिकार फोरम र सद्भावना पार्टीका सांसद रहेका टकलामाथि जनकपुरकै मिडिया उद्यमी अरूण सिंहानियाको हत्याको पनि अभियोग छ ।
उनी बुधबार प्रदर्शनकारीले कारागारमा तोडफोड गर्न थालेपछि कारागारबाट भागेका थिए।