समाजिक फीड-
जनकपुरधाम, भदौ २६ गते ।
नेपाली सेनाको मुख्यालय जंगीअड्डा अगाडि तनाव उत्पन्न भएको छ ।
अन्तरिम सरकारको प्रमुख पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई बनाउन खोजिएको भन्दै केही युवाहरु विरोधमा उत्रिएका छन् ।
उनीहरुले कार्कीलाई सरकारको प्रमुख बनाउन नहुने र दुर्गा प्रसाईँलाई पनि यस प्रक्रियाबाट बाहिर राख्नुपर्ने बताएका हुन् ।
समाचार संकलनका लागि पुगेका भारतीय मिडियाप्रति पनि युवाहरुले तीव्र असन्तोष प्रकट गरेका छन् ।
भारतीय पत्रकारलाई उनीहरुले लखेट्दै भगाउने कोसिस समेत गरिरहेका छन ।
उनीहरुले ‘गो ब्याक इण्डिया’ भन्दै नाराबाजी गर्दै विरोध जनाइरहेका छन् ।
सेना युवाहरुलाई त्यहाँबाट हटाउन प्रयासरत छ ।