समाजिक फीड-
जनकपुरधाम, भदौ २४ गते ।
युवाहरुको आन्दोलनले उग्र रुप लिएपछि जनकपुरमा कफर्यु जारी गरिएको छ ।
सुरक्षा कारण जन्य कारण देखाउँदै प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले कर्फ्यू आदेश जारी गरेका हुन ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार मंगलवार दिँउसो ३ बजेदेखि अर्को आदेश नभएसम्म लागू हुनेगरी कर्फ्यू आदेश गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।
आदेशअनुसार जनकपुर उपमहानगरपालिकाको तोकिएको क्षेत्रभित्र सभा, जुलुस, प्रदर्शन, हिँडडुल, जमघट तथा अन्य गतिविधि पूर्ण रूपमा निषेध गरिएको छ।
मधेश भवनको उत्तरमा पर्ने मुशहरी टोल चोक वडा नं.१३ को भागदेखि दक्षिण क्षेत्र, मधेश भवनको उत्तर पश्चिम क्षेत्र मुजेलिया हाइवे सडक बाबा पेटरोल पम्पदेखि दक्षिण हुँदै लादोको दुधमती पुलसम्म , पुर्वमा घाँसे मैदान चरण क्षेत्रको पश्चिम कदम चोकको पुर्व पर्ने जलाद पुलबाट पश्चिमतर्फ, दक्षिण हनुमान नगरको सिक्स लाइनको चोकदेखि उत्तरतर्फ, पश्चिम ढल्केवर भिठामोड हाइवेको जनकपुर क्षेत्रमा कफर्यु जारी गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी आचार्यले आदेश उल्लंघन गर्नेहरूमाथि कानुनअनुसार आवश्यक कारबाही गर्ने चेतावनी दिएका छन्।