Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, भदौ १९ गते ।

भारतको सर्वोच्च अदालतका प्रधान न्यायाधीश भुषण रामकृष्ण गवई नेपाल भ्रमणमा आउन लागेका छन्।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार गवई बिहीबार अपराह्न ४ बजे इन्डियन एयरलाइन्सको उडानमार्फत काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्।

प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतको निमन्त्रणामा गवई नेपालको भ्रमणमा आउन लागेका हुन्। उनी ‘नेपाल(इन्डिया जुडिसियल डाइलग’ नामक दुई दिने कार्यक्रममा सहभागी हुने छन्, जसको आयोजना शुक्रबार र शनिबार हुनेछ। कार्यक्रम सम्पन्न भएपछि भारतीय प्रधान न्यायाधीश गवई स्वदेश फर्किने कार्यक्रम रहेको छ।

गवई भारतका ५२ औं प्रधान न्यायाधीश हुन्। उनले २०२५ मे १४ मा कार्यभार सम्हालेका थिए।

यसअघि, सन् २०२३ मा तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ न्यायाधीश हरिप्रसाद फुयालसहित भारत भ्रमणमा गएका थिए। भ्रमणका क्रममा उनीहरूले भारतीय अदालतमा इजलाससमेत संचालन गरेका थिए।

त्यसपछि, श्रेष्ठकै निमन्त्रणामा भारतीय प्रधानन्यायाधीश धनन्जय यश्वन्त चन्द्रचुड सन् २०२४ मा तीन दिने नेपाल भ्रमणमा आएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *