Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, भदौ १९ गते ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित छ।

आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। बागमती, गण्डकी, र लुम्बिनी प्रदेशसँगै देशका पहाडी भू(भागका केही स्थानहरूमा र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षा हुन सक्ने सम्भावना छ।

मधेश प्रदेशका थोरै स्थानहरू र लुम्बिनी प्रदेशको तराई भू-भागका केही स्थानहरूमा हावाहुरी चल्न सक्ने अनुमान गरिएको छ।

आज राति कोशी, मधेश प्रदेशलगायत देशका पहाडी भू-भागमा सामान्य बदली रहनेछ भने बाँकी भू(भागमा आंशिक बदली रहने सम्भावना छ।

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा हुन सक्ने सम्भावना छ।

साथै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक(दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने पूर्वानुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *