सामाजिक फीड-
जनकपुरधाम, भदौ १८ गते गते ।
वीरगन्जमा फैलिएको हैजा र झाडापखालाको महामारी बिस्तारै नियन्त्रणमा आउँदैछ। संक्रमितको संख्या अझै थपिँदै गएको भए पनि उपचारपछि निको भएर घर फर्किनेको संख्या उल्लेखनीय रूपमा बढिरहेको छ।
स्वास्थ्य कार्यालय पर्साका अनुसार, मंगलबार बेलुकासम्म झाडापखालाका कारण ९३४ जना बिरामी अस्पतालमा भर्ना भएका थिए। तीमध्ये ८६२ जना उपचारपछि घर फर्किसकेका छन् भने ७२ जना अझै उपचाररत छन्।
हैजाका नयाँ संक्रमित थपिने क्रम भने जारी छ। हालसम्म १९३ जनामा हैजा पुष्टि भइसकेको छ, जसमा १८२ जना निको भएर घर फर्किएका छन्। बाँकी ११ जना अस्पतालमा उपचार गराइरहेका छन्।
यद्यपि झाडापखालाका बिरामीहरू २८ साउनदेखि देखिन थालेका थिए, गत सातादेखि यसको प्रकोप व्यापक भएको हो। हालसम्म वीरगन्जमा फैलिएको हैजाको मूल स्रोत भने पत्ता लाग्न सकेको छैन।
फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।