Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, भदौ १८ गते गते ।

प्रधानमन्त्री केपी शर्मा ओली चीनले दोस्रो विश्व युद्धमा जापानलाई हराएको ८०औँ वर्षगाँठको अवसरमा बेइजिङमा आयोजना गरेको सैन्य परेडमा सहभागी भएका छन् ।

चिनले विश्वलाई आफ्नो सैन्य शक्ति देखाउने गरी आयोजना गरेको यस परेडमा २६ देशका राष्ट्र प्रमुखहरू सहभागी छन् । जापानविरुद्धको यस परेडमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीदेखि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसम्म सहभागी छन् ।

तियानजिन शहरमा आयोजित सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली १४ भदौमा चीन प्रस्थान गरेका हुन् ।
यस भ्रमणमा प्रधानमन्त्री ओलीले एससीओ शिखर सम्मेलनलाई सम्बोधन गर्नुका साथै विभिन्न देशका राष्ट्र प्रमुखसँग भेटवार्ता गरेका छन् ।
मंगलबार तियानजिनमा एससीओ शिखर सम्मेलन समापनपछि बेइजिङ पुगेका प्रधानमन्त्री ओली पूर्व निर्धारित कार्यक्रम अनुसार सैन्य परेडमा सहभागी छन् ।
प्रधानमन्त्री ओली पाँचदिने चीन भ्रमण सकाएर आजै नेपाल फर्किँदै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *