सामाजिक फीड-
जनकपुरधाम, भदौ १७ गते
सर्लाहीमा करेन्ट लागेर घाइते भएका एकजनाको उपचारको क्रममा मृत्यु भएको छ ।
भदौ ११ गते बिहान करेन्ट लागेर घाइते भएका बागमती नगरपालिका–१ का ६८ वर्षीय छलबहादुर राना मगरको बर्न अस्पताल कीर्तिपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएका छन ।
तीजका लागि नाचगान गर्न छतमा लगेर जडान गरिएको माइक निकाल्न जाँदा हाइटेन्सन लाइनमा छोइँदा मगरलाई करेन्ट लागेको थियो ।
सर्लाहीमा उपचार सम्भव नभएपछि हेलिकप्टरबाट उनलाई कीर्तिपुर लगिएको थियो ।
रंगकर्मी समेत रहेका मगरको उपचारका क्रममा मृत्यु भएपछि उनको पार्थिव शरीर हिजो बागमती नदीमा ल्याएर अन्त्येष्टि गरिएको नेपाल मगर संघ सर्लाहीका पूर्व अध्यक्ष तेजनारायण आले मगरले जानकारी दिए ।
मगर पूर्व नेपाली सेनासमेत थिए ।
फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।