Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, भदौ १७ गते

बारामा खेत सिँचाइका लागि प्रयोग हुने कृषि मोटर घातक बन्दै गएको छ । पछिल्ला चार दिनमै सिम्रौनगढ क्षेत्रमा करेन्ट लागेर तीन जनाले ज्यान गुमाएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार शुक्रबार सिम्रौनगढ नगरपालिका–७ झवानी टोलकी ४५ वर्षीया कैलसिया देवी राम खेतमा काम गर्ने क्रममा करेन्ट लागी मृत्यु भएकी थिइन् । बिहीबार अमृतगञ्जका ६५ वर्षीय रामेश्वर महतो कुशवाहा र आइतबार कोनिहाटी चौरमा घाँस काट्दै गरेकी ५० वर्षीया अनिता देवी यादव पनि करेन्टमा परी मृत भएकी छन् ।

मृतक तीनै जनाको पोस्टमार्टम प्रादेशिक अस्पताल कलैयामा गरिएको प्रहरीले जनाएको छ ।

सिम्रौनगढ क्षेत्रमा मात्रै हरेक वर्ष करेन्ट लागेर एक दर्जनभन्दा बढीको ज्यान जाने गरेको तथ्यांक छ । विज्ञहरूले असुरक्षित तार, ग्राउन्डिङ प्रणालीको अभाव र प्राविधिक मापदण्डअनुरूप जडान नगर्नु नै दुर्घटनाको मुख्य कारण भएको बताउँछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *