सामाजिक फीड-
जनकपुरधाम, भदौ १३ गते ।
मधेस प्रदेशका प्रदेशसभा सदस्य सरोजकुमार सिंह कुशवाहाको निलम्बन फुकुवा भएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रदेशसभा सदस्य कुशवाहाको निलम्बन फुकुवा भएको मधेस प्रदेशसभा सचिवालयले एक सूचना जारी गर्दै जानकारी दिएको हो ।
प्रदेश सांसद विकास कोषको रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई गत जेठ २९ गते काठमाडौंबाट पक्राउ गरेको थियो । उनी पक्राउ पर्नुअघि अख्तियारको टोलीले उनका स्वकीय सचिव विनोदकुमार लाल कायस्थलाई समेत पक्राउ गरेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको असार १३ गतेको निर्णयअनुसार प्रदेशसभा सदस्य सिंह धरौटीमा रिहा भएको देखिएको, हाल हिरासत वा थुनामा नरहेको र उनीविरुद्ध भ्रष्टाचार सम्बन्धी आरोपपत्रसमेत अदालतमा दायर नभएकाले उनको निलम्बन फुकुवा गरिएको सूचनामा उल्लेख छ ।