Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, भदौ १२ गते ।

मधेशका अर्थमन्त्री सुनिलकुमार यादवको राजिनामा माग्दै मधेश प्रदेशसभाको छैठौं अधिवेशनको पहिलो प्रतिपक्षी दलहरुले अबरुद्ध गरेका छन् । आर्थिक वर्ष २०८२।०८३ को बजेट त्रुटिपूर्ण रहेको र प्रतिपक्षीको बहिस्कारबीच असार २६ गते बहुमतले पारित गरेको भन्दै अर्थमन्त्रीको राजिनामा माग गरिएको हो ।

बैठकको सुरुमै प्रमुख प्रतिपक्षी जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवले अर्थ मन्त्रीले बजेटमा गडबडी गरेकाले उनको राजिनामा नआएसम्म सदन अबरुद्ध गरिरहने बताए ।

‘संसदलाई छलेर, विना प्रतिपक्षी बजेट पास भयो । यस्तो परम्परा दुनियामा कतै पनि छैन’ प्रमुख सचेतक यादवले भने ‘अर्थमन्त्री यसमा जिम्मेबार छन् । उहाँको राजिनामा नआएसम्म हामी प्रतिपक्षी सदन अवरोध गरिहन्छौं’

४६१ पेजको बजेट आएकोमा पछि पुनः २९४ पेज थपेर आएको र त्यो बजेट प्रतिपक्षीका बहिस्कारबीच पास भएकोले यो संसदीय मर्यादा विपरीत भएको उनको भनाइ छ ।

प्रतिपक्षी जसपा नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल संघीय समाजवादी र राप्रापाका सांसदहरु एठेर सदन अबरुद्ध गरेपछि सभामुख रामचन्द्र मण्डलले शुक्रबार दिउँसो १ बजेसम्मका लागि प्रदेशसभा बैठक स्थगित गरेका छन् ।

बैठक बस्नु अघि आज बिहान ९ बजे सभामुख मण्डलले राखेको सर्वदलीय बैठकसमेत प्रतिपक्षी पाँच दलले बहस्किार गरेको थियो ।
छैठौं अधिवेशनको पहिलो बैठकमा शुभकामना मन्तव्य, महालेखापरीक्षकको छैटौँ र सातौँ वार्षिक प्रतिवेदन सभामा पेस गर्ने र विषयगत समितिका वार्षिक प्रतिवेदन सभामा पेस गर्ने कार्यसूची रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *