Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, साउन २ गते l

रौतहटको सदरमुकाम गौरमा स्रोत नखुलेको नगद सहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्।

सीतामढी जिल्लाको बैरगनिया नगरपालिका–१३, बाबालाल दास मठ टोल निवासी ४५ वर्षीय महेश कुमारलाई नेपाली ३ लाख रुपैयाँसहित प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अस्थायी प्रहरी पोष्ट महादेवपट्टीबाट खटिएको टोलीले गौर नगरपालिका–२ स्थित महादेवपट्टी टोलमा भारतबाट नेपालतर्फ पैदल आइरहेका कुमारलाई शंका लागि चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा उनको पाइन्टको गोजीमा लुकाएर राखिएको अवस्थामा नगद रकम फेला परेको प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीले जानकारी दिए।

प्रहरीले उक्त रकमको स्रोत तथा आवश्यक कागजात माग्दा उनीसँग देखाउन केही पनि नभएकोले बरामद रकमसहित उनलाई थप कारवाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपककुमार रायले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *