सामाजिक फीड-
जनकपुरधाम, असार २८ गते ।
मधेशमा बजेटमा भएको त्रुटि छानविन गर्न उपसभामुख वविता राउत इसरको संयोजकत्वमा १४ सदस्य समिति गठन भएको छ । सदस्यहरुमा सत्ता पक्षबाट काँग्रेसका तर्फबाट सांसद मोहम्मद समिम, जंगीलाल राय, नागेन्द्र साह, एमालेकी सारदा देवी थापा, जनमतका तर्फबाट चन्दन सिंह, सम्भु साह रलोसपाकी रमिता प्रधान छन् ।
यस्तै विपक्षी दलहरुबाट जसपा नेपालबाट रामअशिष यादव, नेकपा एकीकृत समाजवादीबाट कनिष पटेल, नेकपा माओवादी केन्द्रबाट जवाहरलाल कुशवाहा, नेपाल संघीय समाजवादीकी बिमला अंशासरी, राप्रपा नेपालकी कञ्चन विच्छा र नागरिक उन्मुक्ति पार्टीबाट उर्मिला देवी सिंह रहेकी छन् । पुनः बसेको प्रदेशसभा बैठकमा सभामुख मण्डलले १४ सदस्य कार्यदल बनेको जानकारी सदनलाई गराएका छन् ।
योसँगै मधेश प्रदेशसभाको लगातारको विपक्षी दलको अबरोध हटेको छ । यसअघि यसअघि बिहीबार सभामुख रामचन्द्र मण्डलको संयोजकत्वमा ६ सदस्य कार्यदल गठन भएको थियो ।
तर भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवलाई कार्यदलमा राखेपछि विपक्षी दलहरुले अस्वीकार गर्दै सदन अबरुद्ध जारी राखेका थिए । यसपछि सभामुख मण्डलले आजै बैठकमा कार्यदलको संयोजक पदबाट राजिनामा दिएको घोषणा गरेका थिए । विपक्षी दलले सदन अवरोध जारी राखेपछि १० मिनेटका लागि बैठक स्थगित गरिएको थियो ।
यसबीचमा सर्वदलीय बैठक बसेर उपसभामुखको संयोजकत्वमा कार्यदलमा सहमति भएको हो ।
सभामुख मण्डलले यसअघि बसेको बैठकमा कार्यदलमा मन्त्री रहने अभ्यास नरहेको, तर कार्यदलमा सरकार अल्पमतमा पनि नरहने गरेको बताएका थिए । यसअभिव्यक्तिको पूर्व सभामुख तथा पूर्व मुख्यमन्त्री समेत रहेका जसपा संसदीय दलका नेता सरोजकुमार यादवले आपत्ति जनाएका छन् । उनले सभामुखले पदीय मर्यादाविरुद्ध कार्यदलमा सरकार अल्पमतमा रहने अभिव्यक्ति दिएको जिकिर गरे ।
‘सभामुख तटस्थ हुन्छन् । सर्वदलीय बैठकमा आफूसहित ६ जना रहने सहमति अनुसार नै सभामुखको नेतृत्वमा कार्यदल बनेको थियो । तर विपक्षीले मन्त्री राखेको प्रश्न उठाउँदा सभामुखले कार्यदलमा सरकार अल्मत भएको अभिव्यक्ति दिन पदीयमर्यादाविरुद्ध हो । किन भने सभामुख तटस्थ हुन्छन् ’ उनले भने ।