सामाजिक फीड-
जनकपुरधाम, जेठ ९ गते ।
नेकपा एमाले धनुषाको जिल्ला अध्यक्षमा भोला यादव प्यालनसहित विजयी भएका छन् । ८ औँ अधिवेशनबाट महासेठ पक्षा भोला यादव २०२ मत अन्तरले निकटतम प्रतिद्वन्दी लक्ष्मीनारायण यादवलाई पराजित गर्दै विजयी भएका हुन् ।
लक्ष्मीनारायण केन्द्रीय सदस्य उपमाशंकर अरगरिया र सभामुख रामचन्द्र मण्डल पक्षरहुन् । भोलाले ४०२ मत ल्याएर विजयी हुँदा लक्ष्मीनारायण मात्र २ सय मतमा सिमित रहे ।
यस्तै उपाध्यक्ष पदमा पदमा तेजनारायण यादव ४३० मत ल्याएर विजयी भएका छन् । उनका निकटतमप्रतिद्वन्दी जयप्रकाश सुनरैत १६० मत पाए ।
यस्तै सचिव पदमा दीपनारायण ठाकुरले ३६५ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी धिरेन्द्र मण्डल २२५ मत प्राप्त गरे ।
उपसचिव पदमा सबिन विक्रम थापा ३८० मत ल्याएर विजयी हुँदा निकतम प्रतिद्वन्दी हरिकिशोर यादव १९५ मत प्राप्त गरे ।
महिला उपसचिवतर्फ रुका कुमारी मिश्रले ३९१ मतसहित विजयी भइन् । उनका निकटतम प्रतिद्वन्दी किरण कापर १८४ मत पाइन् ।
लेखा समितिको संयोजक पदमा वीरेन्द्रलाल कर्ण ३६५ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्दी अनिलकुमार भगत २०७ मत पाएका छन् । यस्तै सदस्यहरु पनि निर्वाचित भएका छन् ।
धनुषा जिल्लाको १३५ सदस्य नयाँ नेतृत्व चयनको लागि गत बुधबार मतदान भएको थियो । जसमा जिल्ला भरिबाट ६२८ जना प्रतिनिधि सहभागि थिए ।