Samajik Feed – News Portal from Nepal

सामाजिक फीड

जनकपुरधाम, बैशाख २३ गते ।

एमाले ८ औं धनुषा जिल्ला अधिवेशनमा कुर्सी हानाहान भएको छ ।

अन्तिम नामावली प्रकाशनको विषयलाई लिएर विवाद हुँदा कुर्सी हानाहान भएको हो । निर्वाचन समितिमाथि केहि नेताकार्यकर्ताले कुर्सी प्रहार गरेका हुन् ।

गत बैशाख २० देखि जनकपुरमा  जारी छ ।

सर्वसम्मतको प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया अगाडि बढाइरहेको छ । अध्यक्ष पदका लागि भोला यादव र लक्ष्मी नारायण यादव उम्मेदवार छन् ।

राति नै मनोनयन दर्ता भएको थियो । उम्मेदवारको अन्तिम नामावलीमा नाम थपघट देखिएपछि विवाद भएको एक नेताले बताए ।

उपाध्यक्षमा जयप्रकाश सुनरैत यादव र तेजनारायण यादव तथा सचिवमा दिप नारायण ठाकुर (दिपन) र धिरेन्द्र कुमार मण्डलको उम्मेदवारी परेको छ ।

उपसचिवमा सचिव विक्रम थापा, सुरेश ठाकुर र हरि किशोर यादव तथा उपसचिव महिलातर्फ किरण कापर, रुका कुमारी मिश्र र सारदा घिसिङले उम्मेदवार बनेकी छन् ।

अधिवेशनबाट पाँच पदाधिकारीसहित १३५ सदस्यीय जिल्ला कमिटी चयन हुनेछ ।

आज विहान साढे ८ बजेदेखि नै मतदान हुने समय निर्वाचन समितिले तोकेपनि तयारी नपुग्दा विहान १० बजेको लागि तय गरेको थियो । तर उम्मेदवारमा अन्तिम मतदानमावलीलाई लिएर विवाद भएपछि मतदान सुरु हुन सकेको छैन ।


अधिवेशन प्रतिनिधि अर्थात् मतदाता ६३५ जना छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *