सामाजिक फीड
जनकपुरधाम, चैत २७ गते ।
बागमती खोलामा डुबेर एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रौतहटको वृन्दावन नगरपालिका–१ बलेरीको बस्ने तमाङ बस्तीका १८ वर्षीय अर्जुन प्रजा छन् ।
बागमती खोलाको उत्खननपछि बनेको खाडलमा जमेको पानीमा डुबेर मंगलबार दिउँसो उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापछि मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको छ। हाल घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।