सामाजिक फीड-
जनकपुरधाम, चैत १५ गते ।
आज काठमाडौंमा दुई पक्षको प्रदर्शन भइरहेको छ । वर्तमान व्यवस्थाको पक्ष र विपक्षमा राजधानीमा एकैदिन दुई प्रदर्शन हुन लागेको हो ।
राजधानीको भृकुटीमण्डपमा समाजवादी मोर्चा (नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेकपा र नेसपा) ले गणतन्त्रको पक्षमा र तीनकुनेमा राजावादी समूहले राजतन्त्रको पक्षमा प्रदर्शन गर्न लागेका हुन् ।
राजावादी समूहमा नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’, दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, राप्रपालगायत आबद्ध छन् । सुरुमा विशेषतः प्रसाईंले तीनकुनेमा प्रदर्शन गर्ने भनिएपनि समिति पनि मिसिएको हो ।
दुबै पक्षको प्रर्शनमा अप्रिय घटना हुन नदिन बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।