Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, चैत ११ गते ।

धनुषाका २५ वर्षीय शिवशंकर महतो हत्या प्रकरणमा प्रहरीले उनकी श्रीमती सिर्जना महतोलाई पक्राउ गरेको छ । महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल जयसवारका अनुसार, बिहीबार नै उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ।

गत शुक्रबार महोत्तरीको गौशाला नगरपालिका–८, सागरनाथ वन क्षेत्रमा शिवशंकरको विभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको थियो। साँझ ५ः३० बजे भेटिएको शव धारिलो हतियार प्रयोग गरी हत्या भएको घटनास्थलको प्रकृतिले देखिएको छ ।
शवलाई घिसारेर अन्यत्र लैजाने प्रयास गरिएको संकेत समेत देखिएको डीएसपी जयसवारले बताए।

शवको सनाखतपछि हत्याको रहस्य खुल्दै गएको थियो। अनुसन्धानका क्रममा, शिवशंकर गत बिहीबार दिउँसो श्रीमती सिर्जना र १० महिनाको छोरासँग ससुराली गएका थिए। बर्दिबास नगरपालिका–५, पशुपतिनगरस्थित सिर्जनाको माइत छ ।

शिवशंकरको भाइ राम महतोका अनुसार, उनीहरू मोटरसाइकलमा महेन्द्रनगरसम्म पुगेका थिए, जहाँ सिर्जनाले माइतबाट दुईवटा मोटरसाइकल मगाएकी थिइन्। एकमा सिर्जना छोरासहित थिइन् भने अर्कोमा शिवशंकर सवार थिए। प्रहरीले ती मोटरसाइकल चालकहरूको पहिचान गरिसकेको जनाएको छ।

Leave a reply

  • Default Comments (0)
  • Facebook Comments

Your email address will not be published. Required fields are marked *