Samajik Feed – News Portal from Nepal


सामाजिक फीड-
जनकपुरधाम, चैत ९ गते ।

सिरहाको औरही गाउँपालिका अध्यक्षका आफन्त तथा समर्थकहरूको धम्की र गालीगलोजका कारण दीपक मरिक डोमका परिवार विस्थापित भएको छ । शुक्रबार साँझ गाउँपालिका अध्यक्ष शिवजी यादव र वडा नम्बर ५ का वडाध्यक्ष दिलीप यादव पक्राउ परेपछि उनका छोरा रुकेश यादव सहित समर्थकहरु रातिदेखि नै दीपक मरिक डोमको घरमा पुगेर धम्की दिन थालेका छन् । जसको कारण उनको परिवार विस्थतापित भएको हो ।

गत फागुन १० गते, विष्णु महायज्ञको नाममा औरही गाउँपालिका ५ स्थित दीपक मरिकको घर डोजर लगाएर भत्काइएको थियो। घटनाबारे सार्वजनिक भएपछि प्रहरीले अध्यक्ष यादव र वडाध्यक्ष यादवलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छद्द ।

पालिका अध्यक्ष पक्राउ परेपछि, उनका छोरा रुपेश यादवसहित केही स्थानीयहरू राति दीपकको घरमा पुगेर गालीगलोज गर्दै धम्की दिएका थिए । त्रासका कारण दीपक र उनकी पत्नी अनिता रातारात वडा नम्बर ४ कोमलपुरमा रहेको दलित आयोगका पूर्व सदस्य कवुली पासवानको घरमा शरण लिएका छन् । उनका छोराछोरीहरू भने औरही प्रहरी चौकीमा रात बिताएका छन् ।

‘साँझ पालिका अध्यक्ष पक्राउ परेपछि, उहाँका छोरा रुपेश यादव केही महिलाहरूसहित आएर धम्की दिनुका साथै मेरी श्रीमतीलाई हिँड्न दबाब दिए,’ दीपकले भने ‘असुरक्षित महसुस भएपछि अनिता कवुलीकाकाको घरमा पुगिन्, म पनि त्यहीँ बसेको छु। मेरा बालबच्चाहरू औरही प्रहरी चौकीमा रात बिताउन बाध्य भए ।’

पालिकाध्यक्षको गिरफ्तारीको विरोधमा उनका समर्थकहरू शुक्रबार राति जिल्ला प्रहरी कार्यालय सिरहामा ढुंगामुढा गरेका छन्। जसक्रममा प्रहरीले लाठीचार्ज गर्दा केही व्यक्ति सामान्य घाइते भएका छन्।

आगामी चैत १७ गतेदेखि सुरु हुने श्री श्री १०८ विष्णु महायज्ञको लागि डोम परिवारको घर डोजर लगाएर भत्काइएको थियो।

Leave a reply

  • Default Comments (0)
  • Facebook Comments

Your email address will not be published. Required fields are marked *