Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, चैत ३ गते ।

जनकपुरमा होली खेल्ने क्रममा विवाद हुँदा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ । जनकपुरधाम उपमहानगरपालिका २३ बिन्धि बस्ने पप्पु यादवका १८ वर्षीय छोरा आशु यादवको हत्या भएको हो ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहका अनुसार शनिबार साँझ ५ बजे होली खेल्ने क्रममा स्थानीय लक्षमण महतोका छोरा २१ वर्षीय धर्मेन्द्र महतोले आँशुलाई छुरा प्रहार गरेका थिए ।

छाती,ढाड र पेटमा छुरा प्रहारबाट गम्भीर घाइते आशुको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा साँझ करिब ६ बजे मृत्यु भएको डिएसपी सिंहले जानकारी दिए।

छुरा प्रहार गर्ने धर्मेन्द्रलाई छुरासहित तत्कालै पक्राउ गरिएको छ । सबलाई परीक्षणको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Leave a reply

  • Default Comments (0)
  • Facebook Comments

Your email address will not be published. Required fields are marked *