Skip to main content

सामाजिक फीड-
जनकपुरधाम, फागुन १८ गते ।

सिरहा प्रहरीले जबर्जस्ती करणी आरोपमा नेपाल प्रहरीका एक जवानलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा इलाका प्रहरी कार्यालय, लहानमा कार्यरत प्रहरी जवान नवीन यादव रहेका छन्।

एक महिलाले यादवविरुद्ध बिहे गर्ने आश्वासन दिएर दुई वर्षदेखि पटक-पटक जबर्जस्ती करणी गरेको भन्दै जाहेरी दिएकी थिइन्। यस आधारमा सिरहा प्रहरीले यादवलाई फागुन १५ गते पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी वीरेन्द्र पासवानका अनुसार अदालतबाट म्याद थप गरी घटनाको थप अनुसन्धान भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *