Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, फागुन १६  गते ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पुनः प्रधानमन्त्री केपी शर्मा ओलीलाई कटाक्ष गरेका छन्।

सामाजिक सञ्जालमार्फत धारणा व्यक्त गर्दै बालेनले प्रधानमन्त्री ओलीलाई आफुलाई पराजित गर्ने प्रयासमा देशलाई संकटमा नपुर्‍याउन आग्रह गरेका छन्।

उनले लेखेका छन्, “प्रधानमन्त्रीज्यू, भोको पेट मारेर मलाई हराउन खोज्नु भाको छ, हामी त तपाईंकै मदन भण्डारीको सपना पूरा गर्न हिडेको मान्छे! मलाई हराउने ताकमा, देशलाई चै नडुबाउनु होला!!”

बालेन र प्रधानमन्त्री ओलीबीच लामो समयदेखि नै जुहारी चलिरहेको छ। बालेनले गिरिबन्धु टी-स्टेट जग्गा प्रकरणमा ओलीलाई दोषी ठहर्याउँदै आएका छन् भने सरकारमा रही पनि महानगरलाई आवश्यक सहयोग नगरेको आरोप लगाउँदै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *