Samajik Feed – News Portal from Nepal

८ कार्तिक, जनकपुरधाम। धनुषा क्षेत्र नं.२’ख’ बाट राम आशिष यादव पुन: निर्वाचित भएका हुन्। जसपाका यादवले १० हजार ६१४ मत ल्याएर बिजयी भएको छ भने उनको निकटम प्रतिद्वन्दी नेकपा एमालेका श्याम कुमार यादवले ९ हजार ५६६ मत ल्याएका हुन्।

विहिवार ११ बजे निर्वाचन आयोगले अधिकारिक रुपमा उनलाई बिजयी घोसित गरे पश्चात उनले विरुवा रोपेर बिजयी उत्सव मनाएका हुन्।

राम आशिष यादव गंगा आरती जनकपुरधामको संयोजक एवंम गंगा सागर सरसफाई अभियानी, क्लीन एण्ड ग्रीन जनकपुर अभियानी समेत रहेका हुन। यादव मधेश प्रदेशमा दोस्रो पटक संसदमा निर्वाचित हुनुभएको छ।

जनकपुरधाममा उनि कुशल अभियानीको रुपमा चर्चित व्यक्ति हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *