Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, फागुन १ गते ।

तत्कालीन १० वर्षे सशस्त्र संघर्षसँग जोडिएका माओवादी धारका पार्टीले आज ३०औं ‘जनयुद्ध दिवस’ मनाउँदै छन् । २०५२ फागुन १ गते माओवादीले देशभर विद्रोह सुरु गरेको दिनको सम्झनामा माओवादी धारले ‘जनयुद्ध दिवस’ मनाउँदै आएका छन् ।
जनयुद्ध दिवसको अवसरमा विगतका वर्षमा सरकारले दिँदै आएको सार्वजनिक बिदा यसवर्षदेखि हटाइएको छ । सर्वोच्च अदालतले जनयुद्धको अवसरमा सार्वजनिक विदा नदिन आदेश जारी गरिसकेको छ ।
यधपी माओवादी केन्द्रले जितेका विभिन्न पालिकाले सार्वजनि विदा दिएको छ । धनुषाको सबैला नगरपालिकामा जनयुद्ध दिवसको अवसरमा आज सार्वजनिक विदा रहेको छ । सबैलाका मेयरले बुधबार एक विज्ञप्ती जारी गर्दै फागुन १ गते जनयुद्ध दिवसमा सार्वजनिक विदा दिएको जानकारी गराइसकेका छन् ।

जनयुद्ध दिवसका अवसरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनताको ऐतिहासिक संघर्षको दिनका रुपमा स्मरण गरेका छन् । ‘अहिलेको पुस्तालाई जनयुद्ध किन आवश्यक थियो र यसले के उपलब्धि हासिल गर्यो भन्ने प्रश्न मनमा लाग्न सक्छ । यो प्रश्न गर्दा जनयुद्ध नभएको भए हामी कहाँ हुन्थ्यौं भन्ने कुरा बुझ्नु जरुरी हुन्छ’, उनले भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!