Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम
, माघ  २० गते

धनुषामा शरस्वती पूजाको अवसरमा ध्वनी प्रदूषण नियन्त्रणको माग गर्दै स्थानीय नागरिकहरूले प्रमुख जिल्ला अधिकारीलाई निवेदन बुझाएका छन्। निवेदनमा, विभिन्न चौक, विद्यालय र क्याम्पसहरूमा अस्लिल भोजपुरी गीतहरूको डी.जे. बजाएर सभ्य समाजको संस्कृति माथि प्रहार गरिने र यौन शोषणको जोखिममा बालिकाहरू पर्ने चिन्ता व्यक्त गरिएको छ।

निवेदक अधिवक्ता रेखा झा, अन्य सामाजिक कार्यकर्ताहरू (WHRD) का जमुना भुजेल ,किरण कर्ण, (BDS)का प्रदिप यादव अन्य बिभिन सामाजिक कार्यकर्ताहरूका अनुसार, डी.जे.का कारण वृद्ध नागरिकहरूको स्वास्थ्यमा समस्या आउने र हार्ट अटेकका कारण अस्पताल भर्ना हुने घटनाहरू बढिरहेका छन्। उनीहरूले यसपटक पनि ३६ घण्टासम्म कुनै प्रकारको ध्वनी प्रदूषण नगर्न र स्थानीय प्रशासन ऐन, २०२८ अनुरूप निषेधाज्ञा जारी गर्ने माग गरेका छन्।

अघिल्लो वर्ष पनि प्रशासनको निषेधाज्ञाले जनकपुरवासीलाई अमनचैन महशुस गराएको थियो। यस वर्ष पनि स्थानीय प्रशासनसँग समन्वय गरेर शान्ति र सुरक्षा कायम गर्न र ध्वनी प्रदूषणको नियन्त्रण गर्न अनुरोध गरिएको छ।

निवेदनमा वकिल र सामाजिक कार्यकर्ता समावेश छन्, जसले स्थानीय प्रशासनलाई शीघ्र कारवाहीको लागि आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *