Skip to main content

सामाजिक फीड-
जनकपुरधाम
, माघ  २० गते

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन, क्यानडा र मेक्सिकोबाट आयात हुने वस्तुमा नयाँ ट्यारिफ (शुल्क) लागू गर्ने निर्णय गरेका छन्। उक्त निर्णय १ फेब्रुअरी २०२५ (१९ माघ २०८१) देखि प्रभावकारी भएको छ। ओभल अफिसमा आयोजित मिडिया ब्रिफिङका क्रममा ट्रम्पले यो जानकारी दिएका हुन्।

नयाँ नीतिअनुसार, अमेरिकाले मेक्सिको र क्यानडाबाट आयात हुने वस्तुमा २५ प्रतिशत तथा चीनबाट आयात हुने वस्तुमा १० प्रतिशत ट्यारिफ लगाउने छ। ट्रम्पले भने, “ट्यारिफ मुद्रास्फीतिको कारण होइन, बरु सफलताको कारण बन्छ। चीन, क्यानडा र मेक्सिको यो शुल्कबाट जोगिन केही गर्न सक्दैनन्।”

ट्रम्प प्रशासनका अनुसार अमेरिकाले चीनबाट मोबाइल फोन, ल्यापटप, टेलिभिजन, कपडा, औद्योगिक मेसिन, जुत्ता तथा प्लास्टिक खेलौना आयात गर्छ। मेक्सिकोबाट कार, ट्रक, मेडिकल उपकरण, टमाटर, एभोकाडो, मदिरा तथा कच्चा तेल आयात गरिन्छ। क्यानडाबाट खनिज इन्धन, स्टिल, अटोमोबाइल पाट्र्स, गहुँ, मासु, काठ र कागज आयात हुन्छ।

ह्वाइट हाउसले क्यानडाबाट आयात हुने प्राकृतिक ग्यास र तेलमा भने १० प्रतिशतभन्दा कम ट्यारिफ लाग्ने स्पष्ट पारेको छ। ट्रम्पले फेब्रुअरी मध्यसम्म तेल र प्राकृतिक ग्यासमा थप ट्यारिफ लगाउने संकेत दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *