Samajik Feed – News Portal from Nepal

सामाजीक फीद,

जनकपुरधाम, माघ २० गते ।

रौतहट जिल्ला अदालतमा आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा सांसद प्रभु साहविरुद्ध अवहेलना मुद्दा दर्ता गरिएको छ।

बौधिमाई नगरपालिकाका मेयर प्रदीपकुमार यादवले अदालतको अपमान गरेको भन्दै शुक्रबार मुद्दा दर्ता गराएका हुन्।

साहले केही दिनअघि फेसबुकमा ‘रौतहट जिल्ला अदालतका झोले न्यायाधीश’ भन्दै टिप्पणी गरेका थिए। साथै, महासचिव त्रिभुवन साहमाथि पनि अदालत परिसरमै ज्यान मार्ने धम्की दिएको आरोप छ।

मेयर यादवमाथि आक्रमण गर्ने गंगाराम बैठालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ। आज यस मुद्दामा अदालतमा सुनुवाइ हुँदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *