सामाजीक फीद,
जनकपुरधाम, माघ २० गते ।
भारतले नेपाललाई दिने अनुदान रकम यस वर्ष पनि यथावत् राख्ने भएको छ। भारतीय संसदमा शनिबार प्रस्तुत भएको २०२५/२६ को बजेटमा विदेश मन्त्रालय अन्तर्गत नेपालका लागि ७०० करोड भारतीय रुपैयाँ (भारु) अनुदान छुट्याइएको छ।
नेपाल भारतबाट दोश्रो उच्च अनुदान पाउने मुलुक बनेको छ भने भुटान पहिलो स्थानमा छ। भुटानलाई भारतले सबैभन्दा बढी २,१५० करोड भारु अनुदान दिने भएको छ। तर, अघिल्लो वर्षको तुलनामा भुटानको बजेट कटौती गरिएको छ।
भारतले अफगानिस्तानलाई दिइने सहायता रकम भने दोब्बर बढाएर १०० करोड भारु पुर्याएको छ। बंगलादेश (१२० करोड भारु) र श्रीलंकाको (३०० करोड भारु) अनुदान रकम भने यथावत् राखिएको छ। मालदिभ्सलाई दिइने सहयोग रकम भने ४७० करोडबाट बढाएर ६०० करोड भारु पुर्याइएको छ, जसलाई भारतको रणनीतिक निर्णयको रूपमा हेरिएको छ।
यसैगरी, म्यानमारलाई दिइने अनुदान रकम ४०० करोडबाट घटाएर ३५० करोड भारु कायम गरिएको छ। मंगोलियाका लागि ५ करोड भारु छुट्याइएको छ। भारतले विपत्ति राहत कोषका लागि ६४ करोड भारु र सांस्कृतिक कूटनीतिका लागि ३५१ करोड भारु बजेट छुट्याएको छ।