सामाजिक फीड-
जनकपुरधाम , माघ १८ गते ।
सर्लाहीको ईश्वरपुर नगरपालिका-७, ब्रह्मस्थानमा रहेको हिमालयन पोली नेपाल प्लास्टिक उद्योगमा आज बिहान आगलागी भएको छ। विद्युत् सर्ट भएर राति लागेको आगोले उद्योग सञ्चालनकर्ताको घर र छिमेकीको घरमा क्षति पुर्यायो। उद्योगका सम्पूर्ण उपकरण, सामग्री र कच्चा पदार्थ नष्ट भएको बताइएको छ। उद्योग संचालक रामछविला साहका अनुसार आगलागीबाट रु ७ करोड ५० लाखको क्षति भएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा २.५ घण्टामा आगो नियन्त्रणमा आएको थियो। प्राधिकरणले घटनाको थप अनुसन्धान गर्दै क्षतिको यकिन विवरण संकलन गरिरहेको छ।